काठमाडौं – प्रत्येक वर्ष दसैं–तिहारको समयमा देशभर आर्थिक अपराधका घटनाहरूमा उल्लेखनीय वृद्धि हुने गरेको छ । प्रहरीका अनुसार, दसैं अगाडि र पर्वको समयमा बैंकिङ्ग जालसाजी, ठगी, नक्कली नोट कारोबार, साइबर अपराध र चोरी–डकैतीजस्ता घटनाहरू अन्य महिनाभन्दा लगभग दोब्बर हुने गर्छन् । गत वर्षको तुलनामा यस वर्ष पनि आर्थिक तथा वित्तीय अपराधमा वृद्धि हुने सम्भावना रहेको…