काठमाडौं - विश्वभर प्रविधिको क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै प्रविधिका प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि भइरहेको छ । सूचना प्रविधि, इन्टरनेट र डिजिटल उपकरणहरूमा भएको निरन्तर नवप्रवर्तनका कारण मानिसहरूको जीवन प्रविधि निर्भर बन्दै गइरहेको हो । प्रविधिको विकासले गर्दा जुनसुकै कामका लागि पनि सहज भएतापनि, यस्ता प्रविधिका माध्यमबाट हुने दुरुपयोगका कारण विभिन्न प्रकारका ठगीका घटनाहरू बढीरहेका छन्…