वैदेशिक रोजगारीको नाममा ७ लाख ९० हजार ठगी गर्ने एक जना  पक्राउ

काठमाडौं – वैदेशिक रोजगार ठगीको अभियोगमा फरार रहेका प्रकाश भट्टराईलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला स्याङ्जा, गल्याङ नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बसोबास गर्दै आएका ४२ वर्षीय भट्टराईलाई प्रहरीले लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेको हो। विष्णु प्रसाद खनालको जाहेरीका आधारमा दायर मुद्दामा वादी नेपाल सरकार र प्रतिवादी प्रकाश भट्टराई रहेका थिए।…