काठमाडौं – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुखको ह्वाट्स एप ह्याक भएको छ । कार्यालय प्रमुखको आधिकारिक नम्बर ९८५२०८५५५५ को ह्वाट्स एप खाता ह्याक भएको पाइएको हो । उक्त नम्बर प्रयोग गरी अज्ञात व्यक्तिहरूले विभिन्न मानिसहरूलाई सन्देश पठाई पैसा माग्ने तथा अनावश्यक म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार सो खाता प्रहरी अधिकारीको आधिकारिक प्रयोगमा…