काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका निराजन भन्ने निरन्जनकुमार खरेल पक्राउ परेका छन्। रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय खरेललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। आर्थिक वर्ष ०७९/०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा खरेलविरुद्ध नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्ध…