काठमाडौं – पदयात्रा र पर्वतारोहणमा ‘फेक रेस्क्यु’ मा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतका मोदी गाउँपालिका– ०२ का गीर्वाणराज तिमिल्सिना रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीको टोलीले उनलाई पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैह्र कानूनी रूपमा ठगी गरेकोले…