काठमाडौं – क्रोएसिया र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका ३५ वर्षीय शैलेन्द्र शाक्य र रामेछापका ३६ जित बहादुर जर्घा मगर रहेका छन् । उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया र न्युजिल्यान्ड पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको छन् ।…