काठमाडौं- काठमाडौं जिल्ला प्रहरी परिसरले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको अभियोगमा चार दिनभित्र चार जनालाई पक्राउ गरेको छ। उनीहरूबाट करिब २६ करोड ७५ लाख रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले गत मंसिर ११ गते बाराको कलैया–२० स्थायी घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका २३ वर्षीय मोहम्मद…