युके पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ 

काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानका इन्द्र बहादुर केसी र धादिङका आईते तामाङ रहेका छन्।  उनीहरूले युके पठाइदिन्छु भन्दै ७ जना १३ लाख ठगी गरेको प्रहरीले बताएको छ। उनीहरुलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि…