काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १४ जना जुवाडेलाई पक्राउ गरेको छ। भक्तपुरको भक्तपुर नगरपालिका– ७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ…