काठमाडौं – ठगी, सम्पत्ति शुद्धीकरण तथा अवैध आर्थिक गतिविधिमा प्रयोग हुँदै आएको भन्दै सरकारले सामाजिक सञ्जाल एप टेलिग्राममाथि लगाएको प्रतिबन्ध प्रभावहीन देखिएको छ। प्रतिबन्ध लगाएको करिब पाँच महिना बितिसक्दा पनि टेलिग्राममार्फत हुने ठगीका उजुरी प्रहरी कार्यालयमा घट्नुको साटो झन् बढ्दै गएका छन्। तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०८२/८३ को मंसिर मसान्तसम्म मात्रै टेलिग्रामसम्बन्धी २ हजार ९…