काठमाडौं – पछिल्ला समय देशभर जुवा तास खेल्ने गतिविधि बढ्दै जाँदा आर्थिक रूपमा कमजोर परिवारहरू थप संकटमा फस्दै गएका छन्। प्रहरीको तथ्यांक र पछिल्ला घटनाक्रमले जुवातास मनोरञ्जनको सीमाभन्दा बाहिर गई सामाजिक तथा आर्थिक समस्याको रूपमा विकसित भएको छ। गत असोज १८ गते बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ बाइपास रोडस्थित मौरी रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेस्टुरेन्टका सञ्चालक सोही…