काठमाडौं - उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताका आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्नका लागि सबै लाग्नुपर्ने बताइन्…