काठमाडौं – रसुवा भन्सार कार्यालय बाढीले बन्द र तातोपानी नाकामा पहिरोका कारण अवरोध भएको अवस्थामा, वैदेशिक व्यापारलाई सहज बनाउन मुस्ताङ जिल्लास्थित नेचुङ (कोरला नाका) भन्सार कार्यालय भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। भन्सार विभागले जारी गरेको विज्ञप्तिअनुसार असोज ४ गतेसम्म उक्त नाकामार्फत २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालबाहक साधनमा आएका मालवस्तुको…