छुट्टै ऐन नहुँदा साइबर अपराध अनुसन्धान कमजोर, प्रहरीको हातमा १९ वर्ष पुरानो कानुन

काठमाडौं – तपाईँको मोबाइलमा एउटा अपरिचित लिंक आउँछ, त्यसमा क्लिक गर्नासाथ बैंक खाताको रित्तिन्छ। एउटा ह्याकरले हजारौँ किलोमिटर टाढा बसेर नेपाली बैंकको प्रणाली वा सरकारी वेबसाइट ठप्प पारिदिन्छ। नागरिकका अति गोप्य र व्यक्तिगत विवरणहरू चोरी भएर डार्क वेबमा लिलाम हुन्छन्। यी कुनै हलिउड फिल्मका कथा होइनन्, नेपाली सडक र सदनले दैनिक भोगिरहेको तीतो यथार्थ हो।…