बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

ललितपुर- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द रहँदा करिब तीन करोड रुपैयाँको आर्थिक क्षति भएको छ। बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत ५ असारदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही १ साउनदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण…