बैंकिङ्ग समाचार, काठमाडाैं- अर्थमन्त्री प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्याेगीहरूले कानुनअनुसार विद्युत महशुल तिर्नुपर्ने बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले उद्याेगीहरू अप्ठ्याराे अवस्थामा रहेकाले उद्याेगकाे लाइन काट्ने निर्णयबारे विद्युत प्राधिकरणले पुनर्विचार गर्नुपर्ने तर तिर्नुपदैन भन्ने नहुने बताए । 'यतिन्जेल हामी पर्खिसक्यौँ भने त्यसलाई अलिकति अनुकूल समयमा यथार्थ निर्क्याैलका आधारमा साँच्चिकै…