नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलकः उर्जामन्त्री

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलक रहेको बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएपछि उर्जामन्त्री खड्काले बिहिबार साँझ त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको उर्जा विकासको लागि आफ्नो भारत भ्रमण उपलब्धीमुलक रहेको बताएका हुन्। ‘भारत भ्रमणका क्रममा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री…