झापा – पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो। अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजार रुपैयाँको फलफूल…