अर्थ सचिव उपाध्यायलाई स्वागतसँगै डा. घिमिरेको बिदाइ

काठमाडौ- अर्थ मन्त्रालयको नयाँ सचिवका रूपमा घनश्याम उपाध्यायले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित विशेष समारोहमा उपाध्यायलाई स्वागत गरिनुका साथै हालैसम्म अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई औपचारिक रूपमा बिदाइ गरिएको छ । सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्दै डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार…