काठमाडौं– बल्खु चोकबाट कलंकी जाने बाटोको छेवैमा छ सरिनको सानो सटर । उनी अचेल त्यहीँ बुन्छन् आफ्नो जीवनका सुनौला/घमाइला सपनाहरू । त्यसैको सहारामा जहान बालबच्चा पाल्छन्, छोराछोरी पढाउँछन्, दैनिकी चलाउँछन् । र, गर्छन् थोपा–थोपा संगालेर बचत पनि । १५ वर्षको कलिलो उमेरमै बम्बै पुगेका उनलाई २१ वर्षको युवावयमा नियतिले मलेसिया पुर्यायो । तीन वर्षसम्म 'मलैया'का…