काठमाडौं – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाईँ पुन: पक्राउ परेका छन्। उनलाई शुक्रबार दिउँसो भक्तपुरको चाल्नाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता प्रबिण धितालले जानकारी दिए। प्रसाईँलाई निर्वाचन सम्बन्धी आचारसंहिता विपरीत बोलको भन्दै साइबर ब्युरोबाट खटिएकाे प्रहरी टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध निर्वाचन आयोगका…