के तपाईले लघुवित्तबाट १५ प्रतिशत भन्दा बढी ब्याजमा ऋण लिनुभएको छ ? छ भने यसरी गर्नुहोस् राष्ट्र बैंकमा उजुरी

काठमाडौं - नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा १५ प्रतिशत भन्दा बढी ब्याजदरमा लिएमा सदस्यहरुले बैंकमा उजुरी गर्न सकिने बताएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक वित्तीय चेतनाका लागि भन्दै एक पोस्टर सार्वजनिक गर्दै लघुवित्त सम्बन्धि कुनै गुनासो भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेको हो…