समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा दरखास्त आह्वान

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा दरखास्त आह्वान


काठमाडौं– समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा दरखास्त आह्वान गरिएको छ । सोमबार नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले एक सूचना जारी गर्दै उक्त पदमा एक जना कर्मचारी माग गरिएको जानकारी दिइएको छ ।

यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखआशास्त्र लगायतका विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ्ग क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको व्यक्ति योग्य मानिने सूचनामा उल्लेख छ । इच्छुक योग्य नागरिकले चैत ४ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्नुपर्ने छनौट समितिले जनाएको छ ।

दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवं छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। समयावधिभित्र दाखिला नभएको वा रित नपुगी आएको दरखास्तमाथि कुनै किसिमको कारबाही नहुने पनि सूचनामा उल्लेख छ ।

सेवा अवधि एक वर्ष रहने उक्त पदमा आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६र६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्ने सकिनेछ ।योसँगै दरखास्त दिने अन्तिम मितिसम्ममा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ । यस्तै, दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ। पारिश्रमिक तथा अन्य सुविधा रु. १ लाख २६ हजार ३०० मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिने

छ। दसैँ खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने समितिले स्पष्ट पारेको छ। यसका साथै भइपरी आउने बिदा वार्षिक १२ दिनसम्म पाइने समितिले जनाएको समितिले जनाएको छ ।