वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज - वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा पनि क्षति पुगेको छ। संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने…