काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ ।बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ ६ देखि १२ महिनाका लागि ६.३५० प्रतिशत र १२ महिना वा सोदेखि माथि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदर तोकेको छ…