काठमाडौं – गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन्।ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन्। ती तस्बिरमा ४५ अनुहारहरू छन्। निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ। अनि जिज्ञाशा उब्जिन्छ। यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन ? एकछिन…