सर्वसाधारणको पैसामा बैंक कर्मचारीकै बक्रदृष्टि, करोडौं रकम घोटालामा उच्च पदस्थ नै ‘मास्टर प्लानर’

काठमाडौं – बैंकिङ्ग क्षेत्रमा हुने रकम हिनामिना तथा घोटाला प्रकरणमा कर्मचारीकै संलग्नता देखिन थालेको छ। पछिल्ला अनुसन्धानहरूले उच्च तहका पदाधिकारीहरू नै संलग्न भएर बैंकको रकम दुरुपयोग गरेको तथ्य खुल्न थालेको छ। गत चैत २ गते जिल्ला प्रहरी कार्यालय मोरङमा सिटिजन्स बैंकले जाहेरी दिएको थियो। बैंकभित्र झन्डै ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै अनुसन्धान र कारबाहीका…