काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २५ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा घर भई काठमाडौंको टोखा बस्ने श्याम किशोर चौधरी रहेका छन्। ललितपुर जिल्ला अदालत,लगनखेलले उनलाई बैंकिङ्ग कसुर मुद्दामा २५ लाख, बिगो बमोजिम १७ लाख जरिवाना र १ लाख क्षतिपूर्ति पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको थियो। …