काठमाडौँका सीडीओ छवि रिजालको फोटो वेबसाइटबाट गायब

काठमाडौं – काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छवि रिजालको फोटो वेबसाइटबाट गायब भएको छ। जेन्जी पुस्ताले आन्दोलन गरिरहेको समयमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको खण्डमा गोली चलाउन आदेश दिएका रिजालको फोटो वेबसाइटबाट गायब भएको हो। गोली चलाउन आदेश दिएका उनीमाथि केही व्यक्तिगत दुश्मनी हुनसक्ने भएकाले उनको फोटो लुकाइएको हुनसक्ने आशंका गरिएको छ ।