जेनजी आन्दोलन भड्किएपछि प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन् । आज राजधानी काठमाडौंसहित देशव्यापीरुपमा जारी रहेको युवा पुस्ताको आन्दोलनमा हाताहातीको संख्या बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् बैठक डाकेका हुन् ।

यतिबेलासम्म काठमाडौंमा केन्द्रीत प्रदर्शनमा मात्रै १६ जनाको मृत्यू पुष्टी भइसकेको छ भने सयौं घाइते अस्पतालमा छन् । यसबाहेक, कयौं सवारी, सरकारी भवन, संसद भवन, एम्बुलेन्समाथि आक्रमण भइसकेको छ । प्रहरीले दमन गर्दा भिड नियन्त्रणबाहिर गएपछि कयौं प्रदर्शनकारीको मृत्यू भएको हो ।

यससँगै, प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद् बैठक डाकेका हुन् ।