नविकरण नगरेपछि नेपाल राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ। बैंकका अनुसार तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेका कारण उनीहरूको अनुमति रद्द गरिएको हो। राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेका मनिचेञ्जरको इजाजतपत्र स्वतः रद्द हुने…