सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ। प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्यधिक रहने गरेकाले…