भट्टचनमाथि अनुसन्धानलाई थप समय माग्न अदालत लैजाँदै सीआईबी


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका प्रभु बैंकका पूर्व अध्यक्ष देवप्रसाद भट्टचनविरुद्ध म्याद थपका लागि आज ३ बजे सुनुवाई तोकिएको छ । सीआईबीले रेमिट्यान्सको रकम वितरणकाक्रममा सहकारी ठगी गरेको आरोपमा र व्यवसायीक विश्वासघात गरेकोभन्दै थप अनुसन्धान गर्न भ्टटचनलाई हिरातमा राखेको छ । थप अनुसन्धानका लागि समय चाहिने भएकाले सीआईबीले आज ३ बजे अदालतमा समय थपका लागि प्रस्तुत गर्न लागेको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्नका लागि अनुमति पाएको थियो । जुन, अनुमति आज सकिएसँगै थप समय थपका लागि जिल्ला अदालत लैजान लागेको हो । भट्टचनविरुद्धको म्याद थपका लागि आज ३ बजे समय तोकिएको छ । कानूनअनुसार सीआईबीले थप २० दिनसम्म अनुसन्धानका लागि भट्टचनलाई हिरासतमा राख्न पाउनेछ । तर, यो अनुमति अदालतबाट लिनुपर्ने हुन्छ ।

भट्टचनले प्रभु मनि ट्रान्सफरमार्फत भित्र्याएको रेमिट्यान्सको रकम प्रभु म्यानेजमेन्ट हुँदै देशभर फैलिएका सहकारीमार्फत हकवाला समक्ष पुर्याएका थिए । तर, सहकारीले उधारोमा दिएको रकम भुक्तानी नगरेपछि भट्टचनविरुद्ध देशभरका तीन दर्जनभन्दा बढी सहकारीले एक वर्ष अघि नै उजुरी दिएका थिए । तर, तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीको विश्वासपात्रकारुपमा रहेका भट्टचनविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाउन सकेको थिएन ।