अरू विकास बैंक समस्यामा फस्दै जाँदा वाणिज्य बैंक बन्ने मुक्तिनाथको आकांक्षा

काठमाडौं – एकपछि अर्को विकास बैंकहरू समस्यामा परेर नियामकबाट रेस्क्यु खोजिरहँदा मुक्तिनाथ विकास बैंकले भने आफूलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने आकांक्षा देखाएको छ । कर्णाली विकास बैंक डुब्ने भएपछि नेपाल राष्ट्र बैंकले तत्काल व्यवस्थापन नियन्त्रणमा लिएर त्यसको रेस्क्यु प्रक्रिया अघि बढाइसकेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको नियामकीय पुँजीको थ्रेसहोल्ड नपुर्‍याएपछि केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही…