पेपरलेस प्रणालीमा बीमा प्राधिकरण, दर्ता-चलानीदेखि नियमनसम्मका काम डिजिटल

काठमाडौं – नेपाल बीमा प्राधिकरणले आफ्नो कामकारबाही क्रमशः पेपरलेस र डिजिटल प्रणालीमा रूपान्तरण गर्न थालेको छ। दर्ता–चलानी, टिप्पणी, भुक्तानी प्रणालीदेखि इजाजत पत्र, मुद्दा दर्ता र नियमन प्रक्रियासम्मका काम डिजिटल माध्यमबाट सञ्चालन गर्ने नीति प्राधिकरणले अघि बढाएको हो। प्राधिकरणले गत माघ १ गतेदेखि लागू हुने गरी सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत मात्र गर्न निर्देशन…