बिचौलिया नियन्त्रण गर्न ‘एक्सन’मा प्रहरी, चार दिनमै २२६ जना पक्राउ

काठमाडौं - विभिन्न सरकारी कार्यालय र सेवा प्रदायक संस्थामा ‘छिटो काम गरिदिन्छु’ भन्दै सर्वसाधारणबाट रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले देशव्यापी अभियान सुरु गरेको छ। लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको सास्ती घटाउन सुरक्षा निकाय सक्रिय बनेपछि पछिल्लो समय बिचौलियामाथि कडाइ बढेको हो। नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत सरकारी कार्यालय, मालपोत, यातायात व्यवस्था कार्यालय,…