शङ्कास्पद वित्तीय विवरण छानबिन गर्न सेबाेनले ल्यायो आईपीओमा नयाँ मापदण्ड

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) का लागि पेस गरिने वित्तीय विवरणको पुनरावलोकन तथा जाँचबुझलाई व्यवस्थित गर्न ‘प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पेस भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी नयाँ मापदण्ड, २०८२’ जारी गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० अन्तर्गत बोर्डलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दै उपदफा (१) को खण्ड…