वर्षमानले लगाएको ‘डिजिटल बैंकिङ्ग’ को भ्याट पौडेलले हटाए, कारोबार शुल्क घट्ला ?

काठमाडौं – सरकारले विद्युतीय कारोबार अर्थात् डिजिटल बैंकिङ्गमा लगाएको मूल्य अभिवृद्धि कर हटाएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल बैंकिङ्गमा लाग्दै आएको भ्याट हटाएका हुन्। यससँगै, एक वर्षसम्म विद्युतीय कारोबारमा लाग्दै आएको भ्याट आगामी आर्थिक वर्षको सुरुवातदेखि नै हट्नेछ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले संसद्मा आर्थिक वर्ष…