बैंकिङ्ग कसुरमा नयाँ व्यवस्थासँगै ‘चेक बाउन्स’मा मुद्दा नलाग्ने, बिगोको ५ प्रतिशत मात्रै जरिबाना

काठमाडौं – नेपाल प्रहरीले मात्रै अनुसन्धान गर्ने गरी बैंकिङ्ग कसुरमा नयाँ व्यवस्था लागु भएको छ । सरकारले ‘बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४’ संशोधन गर्दै चेक बाउन्स सम्बन्धी मुद्दाको अनुसन्धान तथा यसमा लाग्ने कारबाहीमा नयाँ व्यवस्था लागू गरेको हो । बुधबार राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार सरकारले ऐन संशोधन गरेर प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि…