ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ७९.५२ प्रतिशत बढ्यो

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको नाफामा पनि उछाल आएको छ। आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरणमा बैंकले ७९.५२ प्रतिशतले खुद नाफा बढाएको हो। अघिल्लो आर्थिक वर्षमा ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा भने ६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको हो। बैंकले गत आवमा ब्याज आम्दानीमार्फत २०…