कोभिड–१९ महामारीका कारण समस्यामा परेको नेपालको अर्थतन्त्र अझै लयमा फर्कन सकेको छैन । सन् २०१९ को अन्त्यदेखि विश्वभर फैलिएको कोरोना महामारीका कारण धेरै देशको अर्थतन्त्र शिथिल बनेको थियो । तर, तीमध्ये धेरै देश सुस्तताबाट बाहिर निस्किसके पनि नेपाल अझै आर्थिक संकुचनबाट गुज्रिरहेको छ । अझ यतिबेला बैंकहरुमा ६ खर्ब रुपैयाँ हाराहारी लगानीयोग्य रकम थुप्रिएको छ…