काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १ः०.६५ अनुपातमा अर्थात, ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी…