काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट भाषण प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा गुणस्तर, पहुँच र आधुनिकिकरणमा आधारित योजनाहरू अघि सारिएको जानकारी दिएका हुन्। शिक्षा क्षेत्रको सुधारका लागि सरकारले 'शिक्षक बैंक' स्थापना…