काठमाडौं – शेयर लगानीकर्ताहरूले शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) छिट्टै ३२ सयको बिन्दुमा पुगोस् भन्दै सामूहिक रूपमा ‘नन्दी बुल पूजा’ लगाएका छन् । आइतबार लगानीकर्ताहरूले सामूहिक रूपमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शेयर बजारको उत्थानको लागि विशेष ‘नन्दी बुल' पूजा सम्पन्न गरेका हुन् । लगानीकर्ताहरूले ११ जना विद्वान पण्डितहरूको उपस्थितिमा सामूहिक होम समेत लगाई…