काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरू बोनससम्बन्धी मुद्दामा श्रम अदालत र श्रम कार्यालयको आदेश पालना नभएको भन्दै विगत २५ दिनदेखि अनिश्चित कालीन आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारीहरूले नेप्सेमा पुनर्संरचना, संस्थाको सुदृढीकरण, पारदर्शिता र दीर्घकालीन स्थायित्वका लागि वर्तमान नेतृत्व असक्षम र प्रतिशोधपूर्ण रहेको आरोप लगाउँदै, सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत…