बैंकिङ्ग समाचार, काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि…