बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट कायमै रहेको छ । आज नेप्से ३०.७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २६.४८ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा बन्द भएको थियो ।…