काठमाडौं – उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन गर्ने बाटो खोलिदिएको छ। अधिवक्ताद्वय हरि बहादुर केसी र खुशल राम धितालले हालेको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालत, पाटनले सोमबार अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । कम्पनीले बुक विल्डिङ विधिको दुरुपयोग गरेको, चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लेखापरीक्षकले प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरणअन्तर्राष्ट्रिय…