नेप्सेमा झिनो सुधार, कारोबार रकम २ अर्ब ८४ करोड

काठमाडौं – बुधबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ । ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहमध्ये सात वटाको समूहगत सूचक बढेको छ…