काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो। सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।…