काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ दशलमव ७८ अंकले बढेर २,६०७ को बिन्दुमा बन्द भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर भाउ घटेको छ । आज ३११ कम्पनीको १…